२०८० पुस १२ गते
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतालाई लिएर पेश गरिएको रिट निवेदन आज पौष १२ गते दर्ता हुने भएको छ । अधिवक्ता द्वय दामोदर तिमल्सिना सहित चार जनाले आज सर्वाच्चमा रिट दर्ता गर्दैछन ।
गभर्नर अधिकारीले पेश गरेको शैक्षिक योग्यता गभर्नरको शैक्षिक योग्यताको मापदण्ड भित्र नपर्ने भएकाले उनी गभर्नर पदका लागि योग्य नभएको दाबी रिटमा गरिएको छ। अधिकारीले आफूसँग सीए (चार्टर्ड एकाउन्टेन्ट) को योग्यता भएको बताउँछन् तर त्यो तालिम मात्रै भएको दाबी रिटमा गरिएको छ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २० मा गभर्नर पदमा नियुक्त हुनका लागि आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने उल्लेख छ तर सीएको योग्यतालाई नेपालमा स्नातकोत्तर उपाधि मान्ने गरिएको छैन भन्ने रिटमा उल्लेख छ। यस विषयमा सर्वोच्चले नै विगतमा एउटा रिट खारेज गरेको पनि उल्लेख छ।
प्रतिक्रिया