गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले गरे सम्वन्धबिच्छेद

२०८० चैत २६ गते

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले गरे सम्वन्धबिच्छेद

काठमाडौँ । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले डिभोर्स गरेका छन् ।

पछिल्लो समय सम्बन्धमा दरार आएपछि उनीहरुले सहमतिमै डिभोर्स गरेको बताइएको छ ।

२०७७ सालमा यी दुईले कानुनी विवाह गरेका थिए । दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरुले कानुनी विवाहमा परिणत गरेका थिए ।गायक निशान भट्टराई नेपाल आइडल पहिलो सिजनका उपविजेता समेत हुन् ।