घोराही सिमेन्टले गर्यो लाभांश घोषणा

२०८० पुस ०६ गते

घोराही सिमेन्टले गर्यो लाभांश घोषणा

काठमाडौं । घोराही सिमेन्ट इनडसट्री लिमिटेडले आफ्ना शेयरधनिलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीको पौष ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफा बाट लाभांश दिने निर्णय गरेको हो । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी रु. ३,९७,१९,००,६०० को  १५ प्रतिशतका दरले लाभांश शेयर (कर बाहेक) वितरण गर्नेछ ।

कम्पनीले तेस्रो बार्षिक साधारण सभा मिति २०८०/०९/२८ गते को दिन बिहान ९ बजे दाङ्ग जिल्लाको घोराही उपमहानगर पालिका स्थित होटल पौवामा गर्ने जानेको छ ।  त्यसका साथै कम्पनीले पौष १६ गते बुक-क्लोज गर्ने निर्णय गरेको छ ।