ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा

२०८१ पुस ०३ गते

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौँ।  ग्रीन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष ८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ। बैंकको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजका निम्ति ०.३०२७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।