२०८० फागुन २७ गते
काठमाडौँ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड (GRDBL) ले चैत २७ गते साधारण सभा बोलाएको छ। बैंकले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्तावसहित उक्त साधारण सभा बोलेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको ३.८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा राख्नेछ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत ९ गते बुकक्लोज गर्ने भएको छ। जस अनुसार चैत ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया