२०८१ साउन २३ गते
काठमाडौं । बुधवार नुवाकोटमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।
सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीसँग पूर्व निर्धारित भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटनाको खबर थाहा पाएपछि दुख व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्को हवाइ दुर्घटना हुनु दुःखद् भएको बताए ।
उक्त दुर्घटनाका सम्बन्धमा केही बेरपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने तयारी भएको छ ।
प्रतिक्रिया