२०८१ भदौ २८ गते
काठमाडौं । गैर आवाशीय नेपाली संघका पुर्व अध्यक्ष तथा होटेल ब्यवसायी जिबा लामिछानेले नेपालमा हिउँमा खेलिने साहसिक खेललाई प्रबर्धन गर्न जोड दिनुपर्ने बताएका छन । क्यपिटल नेपाल डट कमले काठमाडौंमा आयोजना गरेको होटेलियर समीटमा बोल्ने क्रममा लामिछानेले विश्वको सर्बोच्च शिखर लगायत धेरै हिमाल भएको नेपालमा हिउँमा खेलिने स्कीइन्ङ जस्तो खेललाई समाबेश गर्न नसकेको र सरकारले यसमा चासो देखाएर खुलाउन सहयोग गर्नु पर्ने बताएका हुन् ।
सरकारले यसको लागि सम्भाब्यता मात्र अध्ययन गरिदिने हो भने लगानीका लागि निजि क्षेत्र तयार रहेको र यसले नेपालको पर्यटनलाई फरक उचाईमा पुर्याउने धारणा व्यक्त गरे ।
प्रतिक्रिया