हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

२०८१ माघ ३० गते

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको माघ २९ गते बसेको  संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८.७५ प्रतिशत अर्थात २१ करोड ८७ लाख ६३ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।