होङ्सी सिमेन्टमा विद्युत् आपूर्ति बन्द हुने गरी बर्दघाट–सर्दी १३२ केभी प्रसारणलाइनको टावर ढल्यो

२०८१ असोज १५ गते

होङ्सी सिमेन्टमा विद्युत् आपूर्ति बन्द हुने गरी बर्दघाट–सर्दी १३२ केभी प्रसारणलाइनको टावर ढल्यो

काठमाडौ । बर्दघाट–सर्दी १३२ केभीडबल सर्किट प्रसारणलाइनको टावर ढलेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को बर्दघाटनगरपालिका–५ दाउन्ने स्थित खुर्सानी खोलामा सडक भासिए पछि त्यस भन्दा माथि रहेको प्रसारण लाइनको टावर ढलेको हो ।टावर ढलेपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणए गाउँपालिकास्थत सर्दीमा सञ्चालित होङ्शी शिवम् सिमेन्टको विद्युत् आपूर्ति सोमबार साँझ साढे ६ बजेबाट बन्द भएको छ ।

होङ्शीले १३२ केभी प्रसारण लाइनबाट सिधै विद्युत् आपूर्ति लिइरहेको थियो । उद्योगले ३१ मेगावाटको विद्युतभार ९लोड० स्वीकृत लिएको छ । त्यसमध्ये अहिले दैनिक रुपमा १० मेगावाटलोड लिइरहेको नेपाल विद्युत प्राधिकरण,कावासोती वितरण केन्द्रले जनाएको छ । उक्त उद्योगले मासिक रुपमा ७/८ करोड रुपैया विद्युत् महसुल तिर्दै आएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमेन्ट उद्योगसँग विद्युत् पुर्याउने घोषणा अनुसार होङ्शीलाई विद्युत् आपूर्तिका लागिबर्दघाट–सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारणलाइन निर्माण गरिएको थियो । डबल सर्किटमध्ये एउटा सर्किट मात्र सञ्चालन (चार्ज)मा थियो । उद्योगलाई वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति दिने तयारी भइरहेको प्राधिकरण बुटवल ग्रीड महाशाखाले जनाएको छ ।