२०८० चैत २२ गते
काठमाडौँ । इलाम क्षेत्र नम्बर–२ मा हुन लागेको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेलाई सघाउने भएको छ ।
माओवादी उपमहासचिव तथा पार्टीका कोसी प्रदेश इन्चार्ज हरिबोल गजुरेलको अनुसार माओवादीले इलाम–२ मा उमेदवार नउठाउने भएको छ । त्यसबारे पार्टीले ‘सर्कुलर’ जारी गरिसकेको उनले बताए । केन्द्रमा पदाधिकारी बैठकबाट आफ्नै उमेदवार उठाउने निर्णय गरिएको थियो । इलाम–२ मा धीरेन्द्र शर्मालाई उमेदवार बनाउन तल्ला कमिटीबाट सिफारिस समेत गरिएको थियो । तर, त्यसबाट माओवादी पछि हटेको हो ।
एमालेले इलाम–२ मा सुहाङ नेम्वाङ र बझाङमा दमनबहादुर बुढालाई उमेदवार बनाउने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया