ईटहरीमा भेटिएको शंकास्पद प्रेसर कुकरमा राष्ट्रिय सुरक्षा दलको पर्चा, राजतन्त्र ल्याउनपर्ने माग

२०८१ पुस १६ गते

ईटहरीमा भेटिएको शंकास्पद प्रेसर कुकरमा राष्ट्रिय सुरक्षा दलको पर्चा, राजतन्त्र ल्याउनपर्ने माग

काठमाडौँ । सुनसरीको ईटहरीमा भेटिएको शंकास्पद बस्तु निश्क्रिय पारिएको छ । सेनाको बम डिस्पोजल टोलीले उक्त बस्तु निश्क्रिय पारेको हो । शंकास्पद रुपमा ईटहरी चोकमा आज बिहान झोला भेटिएपछि स्थानीय त्रसित बनेका थिए । सेनाको टोलीले खान तलास पछि प्रेसर कुकर भेटेको थियो ।

कुकरमा राष्ट्रिय सुरक्षा दलको पर्चा भेटिएको थियो । जसमा राजतन्त्र ल्याउनपर्ने, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री हुनपर्ने,वैदिक सनातनी हिन्दू राष्ट्र( हिन्दू, बौद्ध र किरात) हुनपर्ने माग लेखिएको छ ।