ज्ञानेन्द्र शाहलाई मूर्ति चोरको आरोप लगाएको भन्दै प्रचण्डको फोटो जलाउने राप्रपा नेता पक्राउ

२०८१ चैत ०३ गते

ज्ञानेन्द्र शाहलाई मूर्ति चोरको आरोप लगाएको भन्दै प्रचण्डको फोटो जलाउने राप्रपा नेता पक्राउ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोटो जलाएको आरोपमा राप्रपा नेता नीराजन बमलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुर प्रहरीले चितवन प्रहरीको सहयोगमा आज उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।

शनिबार मकवानपुरमा आयोजित राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको जिल्ला अधिवेशनमा बोल्दै बमले प्रचण्ड विरुद्ध आक्रोशित अभिव्यक्ति दिँदै उनको फोटो जलाएका थिए ।

यसअघि, बिहीबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘मूर्ति चोर’ र ‘भाइमारा’ को संज्ञा दिएका थिए ।