काभ्रेमा छ सवारी साधन एक आपसमा ठाेक्किएर दुर्घटना

२०८१ जेठ १६ गते

काभ्रेमा छ सवारी साधन एक आपसमा ठाेक्किएर दुर्घटना

काभ्रे । काभ्रेको साँगामा ६ वटा सवारीसाधन एकआपसमा ठाेक्किएर दुर्घटना भएको छ । बुधबार बेलुकी साँगाबाट बनेपा गइरहेका सवारी ठोक्किएका हुन् । दुर्घटनामा परी २ जना घाइते भएका छन् ।

दुर्घटनामा परि मोटरसाइकल र स्कुटर चालक घाइते भएका हुन् । हाल घाइतेको उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ ।

साँगाको पुतली घर रिसोर्टको छेवैमा उक्त दुर्घटना भएको हो । पहिले, तिव्र गतिमा बनेपा गइरहेको मालवाहक ट्रकले कारलाई ठक्कर दिएकाे थियाे । त्यसपछि सोही गतिमा गइरहेका सवारी एकआपसमा ठाक्किएका हुन् ।

यसैगरी, अन्य सवारीले ठक्कर दिएर मोटरसाइकल र स्कुटर रोकिएकाे एक ट्याङ्करमा गएर ठोक्किएका थिए। एक मोटरसाइकल, एक स्कुटर, २ कार, १ बोलेरो गाडी र एक मालवाहक ट्रक दुर्घटना भएका हुन् ।