कामना सेवा विकास बैंकले यो वर्ष सेयरधनीलाई लाभांश नदिने

२०८० कात्तिक २२ गते

कामना सेवा विकास बैंकले यो वर्ष सेयरधनीलाई लाभांश नदिने

काठमाडौँ। कामना सेवा विकास बैंकले सेयरधनीलाई लाभांश नदिने भएको छ। बैंकले गत आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कात्तिक २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्म कायम रहेको वितरण योग्य मुनाफा सञ्चित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो। बैंकका अनुसार गत आवको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गरिएको छ ।