कार्यक्रम उद्घाटन गर्ने क्रममा बेलुन उडाउन खोज्दा आगो लागेर अर्थमन्त्री पौडेल र मेयर धनराज आचार्य घाइते

२०८१ फागुन ०३ गते

कार्यक्रम उद्घाटन गर्ने क्रममा  बेलुन उडाउन खोज्दा आगो लागेर अर्थमन्त्री पौडेल र मेयर धनराज आचार्य घाइते

पोखरा । पोखरा भ्रमण वर्ष घोषणा समारोहको उद्घाटन गर्ने क्रममा आगोको लप्का लागेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् । उद्घाटनका क्रममा बेलुन उडाउन लाग्दा बेलुनमा भरिएको हावामा एकाएक आगो लागेर पड्किँदा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलको स्वास्थ्यमा असर पुगेको पौडेलको सचिवालयले जानकारी गराएको छ ।

उनको गण्डकी अस्पतालमा प्रारम्भिक उपचार भइरहेको छ । पोखरा रंगशालामा भइरहेको कार्यक्रममा बेलुन उडाएर उद्घाटन गर्ने क्रममा उक्त दुर्घटना भएको हो ।