२०८१ वैशाख ११ गते
काठमाडौँ । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतमा काठमाडौँका सडकहरु सजाइएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा आइपुगेका थानीलाई स्वागत गर्न त्रिभुवन विमानस्थलदेखि राष्ट्रपति निवाससम्मका सडक पेटी सजाइएको हो । सडकमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र कतारी राजा अमिर शेखको फोटो राखिएको तुलका स्वागतद्वारहरू राखिएको छ भने स्वागतमा ठाउँठाउँमा सांस्कृतिक भेषभूषा लगाएका नागरिकहरू बाजागाजाका साथ उपस्थित भएका छन् ।
मंगलबार र बुधबार गरी २ दिने भ्रमणका लागि नेपाल आइपुगेका अमिर शेखको स्वागतमा सरकारले मंगलबार सार्वजनिक बिदा समेत दिएको छ । अपरान्ह ३.४२ बजे कतार एअरवेजको जहाजबाट ओर्लिएका शेखको सुरक्षाको लागि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । सडक अस्तव्यस्त नहोस् भन्नका लागि केही बेर सडक सर्वसाधारणको आवतजावत बन्द गरिएको छ ।
फोटोहरु-



प्रतिक्रिया