काठमाडौका यी ठाउँमा तीनदिनसम्म विद्युत अवरुद्ध हुने

२०८१ फागुन १५ गते

काठमाडौका यी ठाउँमा तीनदिनसम्म विद्युत अवरुद्ध हुने

काठमाडौ । काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ ।आज (फागुन १५ गते) देखि ३ दिनसम्म विद्युत अवरुद्ध हुने सुचना नेपाल विद्युत् प्राधिकरणले निकालेको छ । भक्तपुर चपली १३२ के.भी. प्रसारण लाइनलाई आजदेखि ३ दिनसम्म सटडाउन गर्नुपर्ने भएकोले उक्त दिन चपली, लैनचौर, चावहिल, बालाजु, पुरानो चावहिल र महाराजगञ्ज ११ के.भी. स्विचिङ सबस्टेसनह प्रभावित हुनेछन् ।