काठमाडौं महानगरको चेतावनी, जथाभावी पोसाक किन्न बाध्य बनाए कारवाही गर्ने

२०८० पुस ०६ गते

काठमाडौं महानगरको चेतावनी, जथाभावी पोसाक किन्न बाध्य बनाए कारवाही गर्ने

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले महानगरभित्र सञ्चालित विद्यालयले आफ्ना विद्यार्थीलाई चाडपर्वको नाममा नियमित भन्दा फरक पोसाक किन्न बाध्य नबनाउन अनुरोध गरेको छ । महानगरले आज एक सूचना निकालेर विद्यालयहरुले चाडपर्व अनुसारको पोसाक किन्न बाध्य पारेको गुनासो आएको भन्दै त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरले कुनै शैक्षिक संस्थाले सो परिपत्र विपरित कार्य गरेको पाएमा महानगरपालिका शिक्षा ऐन २०७५ अनुरुप दण्ड सजाय हुने जानकारी दिएको छ ।