काठमाडौं महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको निधन

२०८१ पुस ०१ गते

काठमाडौं महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको निधन

काठमाडौं । काठमाडौं महानगरपालिकाका पहिलो मेयर पीएल सिंहको निधन भएको छ ।पूर्वजनसंख्यामन्त्री समेत रहेका सिंहको सोमबार निधन भएको हो ।

२०४९ सालको स्थानीय तह निर्वाचनमा उनी कांग्रेसबाट तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए । लामो समयदेखि अस्वस्थ रहेका ८५ वर्षीय सिंहको गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो ।

उनी गणेशमान सिंहका धर्मपुत्र हुन् ।