केवल टीभी र इन्टरनेट सेवाप्रदायकलाई पोल भाडा तिर्न टेलिकमको सूचना, नतिरे लाइन काटिने

२०८१ जेठ ०९ गते

केवल टीभी र इन्टरनेट सेवाप्रदायकलाई पोल भाडा तिर्न टेलिकमको सूचना, नतिरे लाइन काटिने

काठमाडौं । नेपाल टेलिकमले केवल टीभी अपरेटर र इन्टरनेट सेवाप्रदायकहरुलाई पोल भाडा भुक्तानी गर्न सूचना जारी गरेको छ ।

टेलिकमको प्रादेशिक निर्देशनालय विराटनगरले आर्थिक वर्ष २०८०/८१ सम्मको पोलभाडा बापतको रकम यही जेठ मसान्तभित्र नजिकको कार्यालय वा निर्देशनालयमा भुक्तानी गर्न सूचना जारी गरेको हो ।

यदि तोकिएको समयमा पोलभाडा भुक्तानी नगरे आगामी असार १ गतेदेखि कुनै पनि समयमा टेलिकमको पोलबाट हटाउन सक्ने वा सोबाट उत्पन्न हुने परिस्थितिका लागि सेवाप्रदायक स्वयं नै जिम्मेवार हुने सूचनामा उल्लेख छ ।