किन रोक्का भयो आत्मनिर्भर लघुवित्तको सेयर कारोबार ?

२०८१ पुस ०८ गते

किन रोक्का भयो आत्मनिर्भर लघुवित्तको सेयर कारोबार ?

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आत्मनिर्भर लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ । आत्मनिर्भर लघुवित्तले घोषणा गरेको लाभांशको जानकारी नेप्सेलाई ढिला गरी बुझाएको भन्दै उसको सेयर कारोबार रोक्का भएको हो ।

कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले आर्थिक वर्ष २०८०/८१ लाभांश घोषणासम्बन्धी निर्णय गरेर सोको जानकारी नेप्सेमा अर्को दिन सेयर कारोबार खुलेपछि मात्र गराएको थियो । नेप्सेले आत्मनिर्भर लघुवित्तको सेयर कारोबार रोक्का गर्दै ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्नसमेत कम्पनीलाई निर्देशन दिएको छ ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ ।

[pdf-embedder url="https://banijyapost.com/wp-content/uploads/2024/12/aatmanirvar.pdf"]