किसानले भैँसी बेचेको पैसा बोकेर हिँड्दा पनि सम्पत्ती शुद्धिकरणको मुद्दा खेप्नुपर्ने हुन्छ :सांसद खतिवडा

२०८० माघ २४ गते

किसानले भैँसी बेचेको पैसा बोकेर हिँड्दा पनि सम्पत्ती शुद्धिकरणको मुद्दा खेप्नुपर्ने हुन्छ :सांसद खतिवडा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले किसानले भैँसी बेचेको पैसा पनि बोकेर हिँड्न मिल्ने वातावरण नभएको बताएका छन्।

बुधबार प्रतिनिधि सभामा सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयकबारे छलफलमा बोल्दै खतिवडाले किसानले भैँसी बेचेको पैसा बोकेर हिँडेका किसानलाई प्रहरीले भेटे सम्पत्ति शुद्धिकरणको मुद्दा जेल हाल्ने गरेको बताएका हुन्।

‘आयस्रोत के हो कहाँबाट ल्याइस् भनेर समात्छ,’ उनले भने, ‘भैँसी बेचेर पैसा ल्याएको भन्यो भने पुलिसले पत्याउँदैन अनि त्यसलाई मनि लाउन्डरिङ अन्तर्गत जेल हालिन्छ।’

यो पद्धति अन्त्य गर्न पनि सांसदहरूले बनाउनले कानुनले सहयोग गर्नुपर्ने उनले बताए। खतिवडाले क्यासिनो खोल्न दिने तर अर्बौं रोयल्टी नतिर्ने वातावरणको पनि अन्त्य हुनुपर्ने बताए।

त्यस्तै बाहिरबाट पुँजी ल्याउँदा लगानीको क्षेत्रमा केही खुकुलो गरिनुपर्ने पनि बताए।