कोरियन भाषाकाे परीक्षा साेमबारदेखि

२०८० फागुन ०४ गते

कोरियन भाषाकाे परीक्षा साेमबारदेखि

काठमाडौँ । ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा साेमबारदेखि हुने भएकाे छ। यहीँ फागुन ७ गतेदेखि परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सञ्चालन हुने भएकाे हाे ।

एक दिनमा परीक्षा पाँच सिफ्टमा सञ्चालन गरिनेछ भने एक दिनमा एक हजार परीक्षार्थीले सहभागिता जनाउन सक्ने गरी व्यवस्था मिलाइएको ईपीएस कोरिया शाखाका निर्देशक मैयाँ कँडेलले जानकारी दिएकी छिन् । उनका अनुसार शनिबार पनि परीक्षा दिने गरी व्यवस्था गरिएकाे  छ । पहिलो सिफ्टमा करिब ४७ हजारले कोरियन भाषा परीक्षा दिन सकिने पनि उनले बताइन् ।

ग्वार्कोस्थित ईपीएस शाखा, कार्यालयमा परीक्षा हुने अघिल्लो दिन आफ्नो सिफ्टअनुसार बायोमेट्रिक रजिस्ट्रेशन फिङ्गर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्नेछ । बायोमेट्रिक परीक्षाकाे दिनमा परीक्षा केन्द्र भैँसेपाटीमा नै भेरिफाइ हुनेछ ।