२०८१ चैत १८ गते
काठमाडौँ । काठमाडौँको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट्समा भएको तोडफोडमा ८० लाख बढीको क्षति भएको छ ।
भाटभटेनीका सीओओ पानु पौडेलका अनुसार ६४ लाख ८८ हजार ३३७ रुपैयाँ बराबरको सामग्री लुटपाट भएको छ ।यद्यपि हुलहुज्जत र तोडफोडको प्रकृति हेर्दा क्षतिको अनुमान यो भन्दा बढी गरिएपनि भाटभटेनीमा तैनाथ सुरक्षाकर्मीका कारण धेरै क्षति हुन नपाएको पौडेलको भनाई छ । भाटभटेनीको बीमा गरेको हुनाले सम्वन्धित बीमा कम्पनीले नै क्षति व्यहोर्ने छ ।
राजावादी समूहले गरेको आन्दोलनमा उनीहरुका कार्यकर्ता प्रवेश गरेर भाटभटेनी तोडफोड गर्नुका साथै लुटपाट गरेका थिए । त्यसैगरी भाटभटेनीका बाहिरी भागमा रहेका धेरैजसो सिसा फुटेका छन् । भवनमा क्षति पुगेको छ । त्यसबापत ११ लाख ८५ हजार ८५५ रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ ।

त्यसैगरी दुई लाख ६५ हजार रुपैयाँका शो–केश तथा अन्य सामग्रीमा क्षति पुगेको छ । काउन्टरमा रहेका ९४ हजार रुपैयाँ पनि लुटपाट गरिएको पाइएको छ । भाटभटेनीमा लुटपाट गर्ने समूहका ९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया