कृषि विकास बैंकले कमायो ९५ करोड रुपैयाँ नाफा, वित्तरण गर्न मिल्ने नाफा १ अर्ब २२ करोड

२०८१ माघ ०७ गते

कृषि विकास बैंकले कमायो ९५ करोड रुपैयाँ नाफा, वित्तरण गर्न मिल्ने नाफा १ अर्ब २२ करोड

काठमाडौ । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ९५ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा २९.३५ प्रतिशत कम हो । गत वर्ष यस बैंकले १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ९ करोडबाट घटेर ८५ करोड ७५ लाख रुपैयाँमा झरेको छ । यता, खुद ब्याज आम्दानी पनि घटेको छ । उक्त आम्दानी ४ अर्ब ४८ करोडबाट घटेर ३ अर्ब ४८ करोड रुपैयाँ कायम भएको छ । खुद ब्याज आम्दानी घट्दा बैंकको नाफामा दबाब परेको देखिन्छ।

चुक्ता पुँजी १९ अर्ब २८ करोड ७९ लाख रुपैयाँ चुक्तापुँजी रहेको यस बैंकको जगेडा कोषमा १५ अर्ब २४ करोड रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब २२ करोड ९८ लाख रुपैयाँ देखिएको छ । बैंकको आधारदर घटेर ६.६० प्रतिशतमा आएको छ । यसको प्रतिसेयर आम्दानी भने घटेको छ ।