२०८१ फागुन ०५ गते
काठमाडौ । भारतको महाकुम्भ मेला स्नान गर्न गएको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा श्रीमान श्रीमती सहित रुपन्देहीको देवदहका तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । गाडी दुर्घटनामा देवदह नगरपालिका ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गंगा शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका इन्स्पेक्टर महेन्द्र सेनका अनुसार कुम्भ मेलाबाट फर्किंदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो ।युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी डिभाडरमा ठोक्किएर अनियन्त्रित भई दुर्घटना भएको हो । गाडी चालक निदाएर दुर्घटना भएको हुनसक्ने भारतीय प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रतिक्रिया