२०८१ असोज ०२ गते
काठमाडौं। अन्तरदेशीय क्यूआर पेमेन्ट प्रणाली प्रवर्द्धन गर्न महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच सहकार्य भएको छ। यस सम्झौताअनुसार, नेपाल आएका भारतीय नागरिकहरूले क्यूआर मर्चेन्ट मार्फत डिजिटल भुक्तानी सेवा पाउनेछन्।
फोन पेको सहकार्यमा भारतीय पर्यटकले भिमपे, यु।पि।आई।, फोनपे, गुगलपे लगायतका सेवा प्रदायकहरूको माध्यमबाट क्यूआर कोड स्क्यान गरी मनकामना मन्दिर दर्शनको शुल्क सजिलै भुक्तानी गर्न सक्नेछन्।
मनकामना मन्दिर भारतीय धार्मिक पर्यटकहरूको प्रमुख गन्तव्य भएकाले डिजिटल भुक्तानी प्रणालीको प्रयोगमा वृद्धि हुने अपेक्षा गरिएको छ। यो सहकार्यले नेपाल र भारतबीचको आर्थिक, सामाजिक र पर्यटन सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ। साथै, यसले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले अघि सारेको ‘डिजिटल नेपाल’ अभियानलाई टेवा पुर्याउने पनि बैंकले जनाएको छ।
यसअघि पनि महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस ९एनसीएचएल० ले नेपाल(भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। बैंकले देशभर आफ्नो शाखा सञ्जाल र मर्चेन्ट नेटवर्कमार्फत अन्तरदेशीय क्यूआर भुक्तानीमा अग्रणी सेवा प्रदायक बन्ने लक्ष्य लिएको छ।
“सबल बैंक, सफल सहकार्य” नारासहित महालक्ष्मी विकास बैंकले विगत ३० वर्षदेखि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ। बैंकका देशभर १०३ शाखा र करिब ८ लाख ग्राहक रहेको जनाएको छ।
प्रतिक्रिया