लाइन काटिएका भैरहवाको उद्योगका मजदुरहरु विद्युत माग्दै आन्दोलनमा

२०८० पुस २२ गते

लाइन काटिएका भैरहवाको उद्योगका मजदुरहरु विद्युत माग्दै आन्दोलनमा

काठमाडौं। विद्युत माग्दै लाइन काटिएका भैरहवाको उद्योगका मजदुरहरु आन्दोलनमा उत्रिएका छन्।

भुक्तानी नदिएको भन्दै नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएका उद्योगका प्रतिनिधि र त्यहाँ कार्यरत मजदुरहरु प्रदर्शनमा उत्रिएका हुन्। उनीहरु नेपाल विद्युत प्राधिकरणको कार्यालय अगाडि जम्मा भएर धर्ना दिएका छन्।

हालसम्म बिलिङ गरिएका २३ वटा उद्योगहरु बन्द भएका छन्। थप १७ वटा स्वतःस्फूर्त बन्द हुने क्रममा छन् ।

पञ्चकन्या, समृद्धि स्टील, श्री स्टिल लगायतका उद्योगहरु बन्द भएका छन्। धर्नामा नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिका सभापति राजेश अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, रुपन्देही उद्योग संघका प्रतिनिधि लगायत सहभागी रहेका छन्।