काठमाडौँ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ । क्रान्तिकारी युवा संगठनले लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै उनलाई सोमबार कालोमोसो दलेर दुर्व्यवहार गरेको हो । संगठनको एक समूहले उनलाई मिनभवनमा पुगेर कालोमोसो दलेको जनाइएको छ ।
केहि समय अघि नक्कली लाइसेन्स वितरण भएको भन्दै मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिनका लागि सिफारिस गरेको थियो । मन्त्रालयका अनुसार एक लाख भन्दा बढी नक्कली लाइसेन्स वितरण भएको जनाएको थियो । यातायात विभागमा रिजालले कार्यभार सम्हालेको करिब तीन महिना मात्रै पुगेको छ ।विभागका महानिर्देशक रिजालले आफुमाथि दुर्व्यवहार भएको बताए । ‘अफिस आउने क्रममा एक हुलले म माथि दुर्व्यवहार गरे’ उनले भने ‘याे होलीको सिजन हो, ठिकै छ । मेरो लाइसेन्स घोटालामा कुनै हात नभएपनि मलाई दुर्व्यवहार भयो।’
प्रतिक्रिया