लगातार दोस्रो दिन सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ आज कारोबार?

२०८१ फागुन १९ गते

लगातार दोस्रो दिन सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ आज कारोबार?

काठमाडौँ। स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार पनि सुनचाँदीको कारोबार शुक्रबारदेखिको मूल्यमा भैरहेको छ ।

यस दिन छापावाल सुन एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।