२०८१ भदौ १२ गते
काठमाडौं। माछापुच्छ्रे बैंकले आउँदै गरेका मेलापर्वलाई लक्षित गरी एकमहिने कर्जा सुविधामा छुट योजना सञ्चालनमा ल्याएको छ।
तिज, दसैं, तिहार तथा छठ पर्व लक्षित योजनाअन्तर्गत बैंकले घर कर्जा लिने ग्राहकका लागि बेस रेटमा ०।५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ।
घर कर्जा लिएका ग्राहक गाडी कर्जा लिन इच्छुक भए बेस रेटमा ०।५ प्रतिशत प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउनुका साथै उक्त कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहे विशेष छुट पाउन सक्ने बैंकले जनाएको छ।
बैंकले १ करोडसम्मको साना तथा मझौला कर्जाका लागि बेस रेटमा १ प्रतिशत प्रिमियम ब्याजदरमा उपलब्ध गराउनेछ। सेवाग्राहीले उल्लिखित कर्जाको सेवाशुल्कमा समेत विशेष सहुलियत पाउने सक्ने बैंकले बताएको छ।
हाल बैंकले १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १११ शाखारहित बैंकिङ इकाइ, २०० एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।
प्रतिक्रिया