महालक्ष्मी विकास बैंकले यस वर्ष ७ प्रतिशत लाभांश वितरण गर्ने

२०८१ पुस ०१ गते

महालक्ष्मी विकास बैंकले यस वर्ष ७ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले यस वर्ष कुल ७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । पुस १ गते विहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार रुपैयाँको आधारमा ३ प्रतिशत बोनस शेयर र कर समेत ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् मात्र वितरण हुनेछ । गत वर्ष कम्पनीले कर समेत ६ दशमलव ४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । गत वर्षको तुलनामा भने कम्पनीको लाभांश यस वर्ष बढेको हो ।