मनकामना स्मार्ट लघुवित्तको लकइनमा रहेको शेयर असार २७ गतेपछि फुकुवा हुँदै

२०८१ जेठ २८ गते

मनकामना स्मार्ट लघुवित्तको लकइनमा रहेको शेयर असार २७ गतेपछि फुकुवा हुँदै

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक र कर्मचारीको स्वामित्वमा रहेको शेयरको लकइन फुकुवा हुने भएको छ । कम्पनीको संस्थापक तर्फको १० लाख ८ हजार ३५ दशमलव ४३ कित्ता र कर्मचारीतर्फको ७ हजार ४२४ दशमलव ५३ कित्ता शेयर तीन वर्षसम्मका लागि लकइनमा रहेको थियो । सर्वसाधारणमा आईपीओ बाँडफाँट भएको मितिले तीन वर्षसम्म लइकनमा रहने व्यवस्था बमोजिम २०७८ साल असार २८ गतेदेखि यी शेयर लइकनमा रहेको थियो ।

कम्पनीले सर्वसाधारणमा २०७८ साल असार १७ गतेदेखि असार २१ गतेसम्म आईपीओ जारी गरी असार २८ गते बाँडफाँट गरेको थियो । लइकन अवधि समाप्त भएसँगै असार २८ गतेदेखि यी शेयर कारोबारयोग्य हुनेछन् । कम्पनीको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।