मंगलबार पनि सुनको भाउ २ हजार ६ सय रुपैयाँले घट्यो, कति पुग्यो तोलाको ?

२०८१ मंसिर ११ गते

मंगलबार पनि सुनको भाउ २ हजार ६ सय रुपैयाँले घट्यो, कति पुग्यो तोलाको ?

काठमाडौ । मंगलबार पनि सुनको भाउ घटेको छ । सोमबार करिब १६ हजार रुपैयाँले घटेको सुनको भाउँ मंगलबार २ हजार ६ सय रुपैयाँले घटेको छ । यो सँगै आजका लागि सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन आज यहि मूल्यमा कारोबार भइरहेको जनाएको छ । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो । यस्तै चाँदीको भाउ पनि आज प्रतितोला २५ रुपैयाँ घटेर तोलाको १ हजार ८२० रुपैयाँ कायम भएको छ ।