मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ३७ लाख पुग्यो, कुन भुक्तानी प्रणालीबाट कति भयो कारोबार ?

२०८० चैत २५ गते

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ३७ लाख पुग्यो, कुन भुक्तानी प्रणालीबाट कति भयो कारोबार ?

काठमाडौँ। पछिल्लो १ वर्षको अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता साढे १८ प्रतिशत अर्थात ३७ लाख १८ हजार १२२ बढीले बढेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुनसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ३७ लाख ८३ हजार ३८९ पुगेको छ। अघिल्लो वर्ष फागुनसम्म प्रयोगकर्ताको संख्या २ करोड ६५ हजार २६७ थियो। यो हिसाबले अघिल्लो वर्षको तुलनामा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १८.५३ प्रतिशत बढेको छ।

चालु आर्थिक वर्षको फागुनसम्म मोबाइल बैंकिङबाट २ खर्ब ९१ अर्ब ९५ करोड ४० लाख रुपैयाँबराबरको भुक्तानी भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म मोबाइल बैंकिङबाट १ खर्ब ९१ अर्ब ८२ करोड ४० लाख रुपैयाँबराबरको भुक्तानी भएको थियो। मोबाइल बैंकिङबाट हुने कारोबार पनि ५२.२० प्रतिशतले बढेको छ।

कुन भुक्तानी सुविधाबाट कति भयो कारोबार ?

आरटीजीएस– ३४ खर्ब ५३ अर्ब ७४ करोड ७० लाख रुपैयाँ

एटीएम– क्यास वीथ ड्र– ८८ अर्ब ७ करोड रुपैयाँ

ईसीसी– ४ खर्ब ८० अर्ब ५० करोड ५० लाख रुपैयाँ

कनेक्ट आईपीएस– ४ खर्ब ८३ अर्ब १८ करोड २० लाख रुपैयाँ

डेविट कार्ड– ९१ अर्ब ४८ करोड रुपैयाँ

क्रेडिट कार्ड– १ अर्ब ७६ करोड ८० लाख रुपैयाँ

प्रिपेड कार्ड– ६१ करोड ९० लाख रुपैयाँ

ब्रान्चलेस बैंकिङ– १ अर्ब ५८ करोड १० लाख रुपैयाँ

वालेट– २४ अर्ब २ करोड रुपैयाँ

क्यूआर पेमेन्ट– ४२ अर्ब ५६ करोड रुपैयाँ

पोइन्ट अफ सेल्स् (पीओएस)– ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ

ई–कमर्स– ६० करोड ६० लाख रुपैयाँ