२०८१ वैशाख १९ गते
काठमाण्डौ । नयाँ स्टक एक्सचेञ्जको अध्ययन समितिले नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि बाटो खुल्ने गरि अध्ययन प्रतिवेदन सरकारलाई पेश गरेको छ । समितिका संयोजक चिन्तामणि सिवाकोटिसम्मिलित अध्ययन समितिले वैशाख १३ गते नै सरकारलाई अध्ययन प्रतिवेदन पेश गरेको हो ।
उक्त समितिले विभिन्न विकल्पसहित सुझाव दिएको छ । जसमा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वित्तरण गर्न सकिने , पुरानो स्टक एक्सचेञ्जको पूनर्संरचना गर्न सकिने अथवा दुवै विकल्पलाई सँगैसँगै अगाडी बढाउन सक्ने गरि विभिन्न विकल्प तयार पारेर सरकारलाई प्रतिवेदन बुझाइएको छ ।
नयाँ स्टक एक्सचेञ्जका लागि ३ वटा समूहमा हिमालयन स्टक एक्सचेञ्ज , अन्नपूर्ण स्टक एक्सचेञ्ज र नेशनल स्टक एक्सचेञ्ज छन् । लाइसेन्सका लागि आवेदन दिएको हिमालयन स्टक एक्सचेञ्ज शंकर ग्रुपअन्तगर्त हालको हिमालय रि इन्स्योरेन्समा लगानी गर्ने व्यापारीहरुको समूहको हो । हिमालयन स्टक एक्सचेञ्जमा भवानी राणा, शेखर गोल्छा र पशुपति मूरारका रहेका छन् ।
त्यसैगरी नेशनल स्टक एक्सचेञ्जमा जीवा लामिछाने, बद्री केसी र कुल आचार्य एआरएनए टोलि सहित अग्नी ग्रुप र सिद्धार्थ ग्रुप रहेका छन् । त्यस्तै अन्नपूर्ण स्टक एक्सचेञ्जमा अन्नपूर्ण मिडिया हाउस रहेको छ । यसमा रामेश्वर थापा लगायतका सुरेन्द्र वाग्ले, प्रकाशकुमार श्रेष्ठ र गणेशकुमार श्रेष्ठ रहेका छन् ।
प्रतिक्रिया