२०८१ मंसिर ०४ गते
काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको छ । बैंकले ८३ हजार ७६ कित्ता संस्थापक संस्थापक शेयरधनीहरुको नाममा रहेको र सो शेयरलाई आम सर्वसाधारण तथा कम्पनीहरुका लागि बिक्रीमा ल्याएको हो ।
यसअघि विद्यमान संस्थापक शेयरधनीहरुले शेयर खरिद नगरेपछि सो शेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो । शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले मंसिर ४ गतेदेखि ७ दिनभित्र बैंकको शेयर शाखा लाजिम्पाट, काठमाडौँमा खरिद गर्ने शेयर संख्या खुलाई आवेदन फारम पेस गर्नु पर्नेछ।
प्रतिक्रिया