नेपाल पुनर्बीमा कम्पनीको १ लाख ८७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर खरीद गर्ने अवधि थप

२०८० चैत १३ गते

नेपाल पुनर्बीमा कम्पनीको १ लाख ८७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर खरीद गर्ने अवधि थप

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको १ लाख ८७ हजार ४३४ कित्ता संस्थापक शेयर खरीद गर्ने अवधि थप भएको छ । विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले चैत १२ गतेसम्मको अवधि तय गरेको थियो ।

कम्पनीले गत माघ २८ गते यी शेयर विक्रीका लागि ३५ दिने सूचना जारी गरेको हो । तोकिएको अवधिभित्र माग बमोजिम आवेदन प्राप्त नभएपछि कम्पनीले चैत २२ गतेसम्मको अवधि थप गरेको हो । यी शेयरको मूल्य प्रतिकित्ता २८० रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अकित गरी कम्पनीको शेयर विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडमा आवेदन पेश गर्नुपर्नेछ ।