नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

२०८१ वैशाख ०४ गते

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी (NRIC) ले आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष ७९/८० को  मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमा ४.७५ प्रतिशत बोनस शेयर रहने छ भने ०.२५ प्रतिशत नगद लाभांश रहने छ ।

कम्पनीको बैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकलेउक्त निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।