२०८१ चैत १७ गते
काठमाडौ । पुल सुधार तथा मर्मत कार्यक्रम कार्यान्वयन गर्न विश्व बैंकले नेपाललाई १५ करोड डलर ऋण स्वीकृत गरेको छ । बैंकको बोर्ड बैठकले उक्त ऋण स्वीकृत गरेको हो ।
विश्व बैंकले नेपालको पुल प्रणाली दुर्गम र सहरी समुदायलाई जीवन यापन, स्वास्थ्य सेवा, शिक्षा र आर्थिक अवसरलगायत आधारभूत सेवाहरुमा जोड्न जीवनरेखा भएको बताएको छ । बाढी, पहिरो र भूकम्पलगायत प्राकृतिक जोखिमले पुलको पूर्वाधारमा गम्भीर असर गर्दै आएको छ ।
पुल सुधार तथा मर्मत कार्यक्रममा सडक विभागको लागि क्षमता अभिवृद्धिका पहलहरु, नवीन समाधानहरुको प्रवर्द्धन र प्रभावकारी पूर्वाधार व्यवस्थापनको लागि संस्थागत प्रणालीहरुलाई सुदृढ गर्ने योजनाहरु समावेश रहेको विश्व बैंकले भनेको छ ।
प्रतिक्रिया