नेफ्स्कूनमा चन्द्र प्रसाद ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

२०८० पुस ०९ गते

नेफ्स्कूनमा चन्द्र प्रसाद ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

काठमाडौँ ।नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)को अध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन् ।

नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभा अन्तर्गत आइतबार भएको निर्वाचनमा निवर्तमान अध्यक्ष परितोष पौड्याललाई पराजित गर्दै ढकाल विजयी भएका हुन् ।

ढकालले ११९६ मत ल्याए भने पौड्यालले १०१९ मत ल्याएका छन् । देशैभरिका बचत तथा ऋण सहकारी संघरसंस्थाहरुको शीर्षस्थ छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)मा आगामी चार वर्षका लागि चन्द्र प्रसाद ढकालको अध्यक्षतामा गठित नयाँ कार्यसमितिमा संघको वरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी, महिला उपाध्यक्षमा शान्ति अधिकारी, महासचिवमा घनश्याम अधिकारी र कोषाध्यक्षमा दीपक थापा निर्वाचित भएका छन् ।

साधारण सभाबाट महिला संचालकमा सिता ढकाल पौडेल, मन्दरा मिश्र र कमला देबी गिरि निर्वाचित भएका छन् । यस्तै प्रदेश तर्फको संचालकमा कोशी प्रदेशबाट लक्ष्मी सापकोटा, मधेस प्रदेशबाट शोभा कुमारी राउत, बागमती प्रदेशबाट खेम राज सुबेदी, गण्डकी प्रदेशबाट गोपाल प्रसाद गौतम, लुम्बिनी प्रदेशबाट ज्ञानु पौड्याल, कर्णाली प्रदेशबाट बीर बहादुर रावत भोटे र सुदुर पश्चिम प्रदेशबाट दिप्ती शाही निर्वाचित भएका छन् ।

यसैैगरी नेफ्स्कूनको खुला सदस्यमा नबराज अर्याल, देव कुमार श्रेष्ठ, सुशील कुमार बस्न्यात र शालिक राम ढकाल निर्वाचित भएका छन् भने साधारण सभाबाट लेखा सुपरीवेक्षण समिति संयोजकमा ईन्द्र राज ज्योति पौडेल र सदस्यमा हेम राज बिष्ट र दुर्गा तिवारी सन्जेल निर्वाचित भएका छन् ।