नेप्से परिसूचक ६.२६ अंकले घट्यो

२०८० चैत १९ गते

नेप्से परिसूचक ६.२६ अंकले घट्यो

काठमाडौँ । साताको दोस्रो कारोबार दिन शेयर बजारमा एकल अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ६.२६ अंकले घटेर २०१२.०७ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.३१ प्रतिशतले घट्न पुगेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य २ उपसमूहका परिसूचक बढेका छन् भने अरु ११ उपसमूह घटेका छन् । यस दिन सर्वाधिक बढ्नेमा होटल तथा पर्यटन उपसमूह रह्यो जसको परिसूचक १.१६ प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्ने उपसमुहमा फाइनान्स रह्यो जसको परिसूचक ०.६६ प्रतिशतले घटेको छ ।

बजारमा आज २.८७ अर्बबढीको शेयर किनबेच भएको छ । जसमा ८६ वटा कम्पनी बढेका छन् भने १५१ वटा कम्पनी घटेका छन् । यसैगरी ८ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन गुराँस लघुवित्त र माइखोला हाइड्रोपावरको शेयरमा दश प्रतिशतको सकारात्मक उछाल आएको छ । सोमबार सर्वाधिक घट्ने कम्पनीमा रिभर फल्स पावर रह्यो जसको शेयर ९.९८ प्रतिशतले घटेको छ ।

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा सर्वोत्तम सिमेन्ट रह्यो भने सर्वाधिक शेयर कारोबार हुनेमा पनि सर्वोत्तम सिमेन्टनै रह्यो ।सर्वोत्तम सिमेन्टको ४७ करोडबढीको पाँच लाख १४ हजार पाँच सय ११ कित्ता शेयर कारोबार भएको छ । हिजो नकारात्मक सर्किट लागेको उक्त कम्पनीको शेयर आज पनि ३.४४ प्रतिशतले घटेको छ ।