नेप्से परिसूचक ८.२६ अंकले वृद्धि

२०८१ वैशाख ३० गते

नेप्से परिसूचक ८.२६ अंकले वृद्धि

काठमाडौँ । साताको पहिलो कारोबार दिन शेयर बजारमा एकल अंकको सुधार आएको छ । यस दिन नेप्से परिसूचक ८.२६ अंकले बढेर १९७४.५० अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.४२ प्रतिशतले बढ्न पुगेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य दश उपसमूहको परिसूचक बढेका छन् भने बाँकी ३ उपसमूहका परिसूचक घटेका छन् । आइतबार सर्वाधिक बढ्नेमा नन लाइफ इन्स्योरेन्स उपसमूह रह्यो जसको परिसूचक २.६४ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्ने उपसमूहमा होटल तथा पर्यटन उपसमूह रह्यो जसको परिसूचक २.४० प्रतिशतले घटेको छ ।

नेप्से बढेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब १२ करोड १२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा यस दिन ३११ स्टकको ४९ हजार ७ सय ६४ पटकको कारोबारमा ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँ बराबरको ७८ लाख ५७ हजार ३१ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा १२७ वटा कम्पनी बढेका छन् भने १११ वटा कम्पनी घटेका छन् । यसैगरी ७ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा श्रीजनशील लघुवित्त रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सर्वाधिक घट्नेमा भने मानुषी लघुवित्त रह्यो जसको शेयर ५.४४ प्रतिशतले घटेको छ ।
आइतबार सर्वाधिक रकमको कारोबार गर्नेमा सांग्रिल विकास बैंक लिमिटेड रह्यो जसको १० करोड ५० लाख ६० हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि सांग्रिल विकास बैंक नै रह्यो जसको ३ लाख २८ हजार ४ सय १८ कित्ता शेयर किनबेच भएको छ ।