२०८१ जेठ ०७ गते
काठमाडौँ । यस हप्ताको दोस्रो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक २७.५४ अंकले बढेर २०९२ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.३३ प्रतिशतले बढ्न पुगेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य ८ वटा उपसमूहको परिसूचक बढेका छन् भने अन्य ५ उपसमूहको परिसूचक घटेका छन् । सोमबार सर्वाधिक बढ्नेमा बैंक उपसमूह रह्यो जसको परिसूचक ४.१८ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्ने उपसमूहमा लघुवित्त उपसमूह रह्यो जसको परिसूचक ०.६५ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया