नेप्से परिसूचक झिनो अंकले बढ्यो, कारोबार रकम ४ अर्ब भन्दा माथि

२०८१ जेठ ०३ गते

नेप्से परिसूचक झिनो अंकले बढ्यो, कारोबार रकम ४ अर्ब भन्दा माथि

काठमाडौँ । यस हप्ताको अन्तिम कारोबार दिन नेप्से झिनो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.०३ प्रतिशतले बढ्न पुगेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य दुई वटा उपसमूहको परिसूचक बढेका छन् भने अन्य ११ उपसमूहको परिसूचक घटेका छन् । बिहिबार सर्वाधिक बढ्नेमा लघुवित्त उपसमूह रह्यो जसको परिसूचक ३.८० प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक  घट्ने उपसमूहमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक १.४५ प्रतिशतले घटेको छ ।

नेप्से बाढेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ७० करोड ८४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा यस दिन ३१५ स्टकको ५७ हजार २ सय १८ पटकको कारोबारमा ४ अर्ब २३ करोड ३३ लाख रुपैयाँ बराबरको ८२ लाख ८२ हजार ५ सय ५६ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा १०३ वटा कम्पनी बढेका छन् भने १३९ वटा कम्पनी घटेका छन् । यसैगरी ३ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा हिमालय लघुवित्त, जाल्पा लघुवित्त र सृजनसिल लघुवित्त रह्यो जसको शेयरमा दश प्रतिशतको उछाल आएको छ  । सर्वाधिक घट्नेमा भने माण्डु हाइद्रोपवर रह्यो जसको शेयरमा ५.७६ प्रतिशतको गिरावट आएको छ ।
बिहिबार सर्वाधिक रकमको कारोबार गर्नेमा सीइडिबि हाइद्रोपावर विकास कम्पनी रह्यो जसको ४३ करोड ९० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि सीइडिबि हाइड्रोपावर विकास कम्पनी नै रह्यो जसको ५ लाख ६८ हजार १२ कित्ता शेयर किनबेच भएको छ ।