२०८१ जेठ ०२ गते
काठमाडौँ । लगातार दुई दिन दोहोरो अंकले बढेको नेप्से बुधबार भने एकल अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ९.५४ अंकले घटेर २०१७.९७ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.४७ प्रतिशतले घट्न पुगेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य तिन वटा उपसमूहको परिसूचक बढेका छन् भने अन्य दश उपसमूहको परिसूचक घटेका छन् । बुधबार सर्वाधिक बढ्नेमा उत्पादन तथा प्रशोधन उपसमूह रह्यो जसको परिसूचक १.४० प्रतिशतले वृद्धि भएको छ । यसै गरी घट्ने उपसमूहमा विकास बैंक उपसमूह रह्यो जसको परिसूचक ०.९६ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया