नेप्सेले पायो नयाँ सिईओ, नारदकुमारको इन्ट्रि

२०८१ चैत ११ गते

नेप्सेले पायो नयाँ सिईओ, नारदकुमारको इन्ट्रि

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ सिईओ पाएको छ । नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नारदकुमार लुँइटेल नियुक्त भएका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुँइटेललाई सीईओ नियुक्त गरेको हो । लुईटेल यस अघि तारागाउँ विकास समितिको अध्यक्ष तथा सदस्यसचिव थिए । यस्तै नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को कार्यकारी निर्देशक समेत भएका थिए ।

नेप्सेमा आवेदन दिएकाहरु मध्येबाट सर्ट लिस्टमा ५ जना परेका थिए । सर्टलिस्टमा पर्नेहरु पूर्णप्रसाद आचार्य, हेमन्त बस्याल, नारदकुमार लुइँटेल, बद्रीप्रसाद प्याकुरेल र चुडामणी चापागाईंलाईले बुधबार अन्तर्वार्ता दिएका थिए ।