नेप्सेमा एकल अङ्कको गिरावट, कारोबार रकम पनि घटेर चार अर्ब ४१ करोड

२०८१ मंसिर २५ गते

नेप्सेमा एकल अङ्कको गिरावट, कारोबार रकम पनि घटेर चार अर्ब ४१ करोड

काठमाडौँ। मङ्गलबार पनि नेप्सेले गिरावटलाई नै निरन्तरता दिएको छ । आज नेप्से परिसूचक ६.३२ विन्दुले घटेर २६६९.८२ अंकमा पुगेको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.२३ प्रतिशतले घटेको हो ।

यस दिन नेप्सेका १३ उपसमूहमध्य चार उपसमूहका परिसूचक बढेका छन् भने बाँकी नौ उपसमूहका परिसूचक घटेका छन् । मंगलबार सर्वाधिक बढ्नेमा उत्पादन तथा प्रशोधन उपसमूह रह्यो जसको परिसूचक ०.३३ प्रतिशतले बढेको छ । त्यस्तै यस दिन सर्वाधिक घट्ने उपसमूहमा जीवन बिमा उपसमूहमा रह्यो जसको परिसूचक एक प्रतिशतले घटेको छ।

नेप्से परिसूचक घटेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ५ अर्ब ६२ करोड बराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१७ स्टकको ५२ हजार सात सय ५ पटकको कारोबारमा चार अर्ब ४१ करोड बराबरको किनबेच भएको छ । जसमा ८५ कम्पनीका शेयर बढेका छन् भने १३८ कम्पनीका शेयर घटेका छन् । त्यसै गरी १३ कम्पनीका शेयर स्थिर रहेका छन् ।

यस दिन सर्वाधिक बढ्नेमा जोशी  हाइड्रोपावर रह्यो जसको शेयर ७.६७ प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्नेमा एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेवलप्मेंट कम्पनी रह्यो जसको शेयर दश प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सर्वाधिक कारोबार हुनेमाएनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेवलप्मेंट कम्पनी रह्यो जसको १८ करोड ९६ लाख बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, आज भोल्युमको आधारमा सर्वाधिक कारोबार हुनेमा सानिमा माई हाइड्रोपावर रह्यो जसको तीन लाख ४१ हजार छ सय ५४ कित्ता शेयर किनबेच भएको छ।