२०८१ जेठ ३० गते
काठमाडौँ । हिजो दोहोरो अंकले बढेको शेयर बजार आज बुधबार भने एकल अंकले मात्र बढेको छ । यस दिन नेप्से ६.३७ अंकले बढेर २१२१.६२ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.३० प्रतिशतले बढेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य ९ वटा उपसमूहको परिसूचक बढेको छ भने अन्य चार वटा उपसमूहको परिसूचक घटेका छन् । बुधबार सर्वाधिक बढ्ने उपसमूहमा फाइनान्स रह्यो जसको परिसूचक १.०७ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा हाइड्रोपावर उपसमूह रह्यो जसको परिसूचक ०.६१ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया