२०८० चैत २० गते
काठमाडौँ । मंगलबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक १.८५ अंकले घटेर २०१०.२१ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.०९ प्रतिशतले घट्न पुगेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य ६ उपसमूहका परिसूचक बढेका छन् भने अरु ७ उपसमूह घटेका छन् । यस दिन सर्वाधिक बढ्नेमा लघुवित्त उपसमूह रह्यो जसको परिसूचक १.८९ प्रतिशतले बढेको छ । त्यसै गरी सर्वाधिक घट्ने उपसमुहमा फाइनान्स रह्यो जसको परिसूचक ०.७९ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया